लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भू-भागः देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्र दिवसको अवसरमा लोकतन्त्रको स्थापना र पुनस्र्थापनाका लागि भएका ऐतिहासिक जनआन्दोलनहरुमा आफ्नो जीवन उत्सर्ग गर्नु हुने वीर शहिदहरुप्रति उच्च सम्मान प्रकट गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै सभापति देउवाले नेपालको संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर हुनु अहिलेको आवश्यकता भएको बताएका हुन् । उनले भनेका छन्, ‘नेपाली जनताको अभूतपूर्व त्याग र वलिदानबाट ऐतिहासिक जनआन्दोलन २०६२/०६३ को सफलता पश्चात नेपाली कांग्रेसको नेतृत्वमा मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रुपमा स्थापित भएको हो । नेपालको संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउँदै लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न यो गणतन्त्र दिवसले हामी सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।’

सभापति देउवाले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भू—भाग भएको उल्लेख गर्दै संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव सकारात्मक रहेको र केन्द्रीय समितिको बैठकबाट यसबारे संस्थागत निर्णय गर्ने उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संसदको बजेट अधिवेशन आजदेखि, प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आज दिउँसो १  बजेदेखि आरम्भ हुँदैछ

नवनियुक्त शिक्षामन्त्री भन्छन्-भर्खर मन्त्रालयको जिम्मेवारी लिएको छु, शिक्षा क्षेत्रकाबारेमा जानकारी लिएर अघि बढ्छु

काठमाडौँ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले पदबहाली गरेका छन् ।

देशमा नेकपा एमाले छ, युवा निराश हुन आवश्यक छैनः महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नेपाली जनतालाई खुसी बनाउने र राष्ट्र

आधारभूत कुरा पूरा गर्न नसके सरकारबाट बाहिरिन्छौंः महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनताको कुरा गर्दा वेवास्ता गरे कांग्रेस