राजाको फोटोअंकित नोट रद्द गर्ने सरकारको कदम पूर्वाग्रहीः नेता लावती
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता सगुन सुन्दर लावतीले राजाको फोटोअंकित नोट रद्द गर्ने सरकारको कदम पूर्वाग्रही र विरोधाषपूर्ण रहेको टीप्पणी गरेका छन् ।
‘राजाको फोटोअंकित नोट रद्द गर्ने सरकारले, राजाको शासनमा बनेका प्रधानमन्त्री निवास, राष्ट्रपति निवास, प्रतिनिधिसभा भवन, प्रदेशसभा भवन, सिंहदरबार, राजमार्गहरू सबै आजैबाट रद्द गर्छ त ?’ नेता लावतीले सोमबार भने ।
यसै सन्दर्भमा उनले ट्वीट गर्दै भने, ‘प्रधानमन्त्री केपी ओली कुन नैतिकताले बालुवाटारमा बसीरहने ?’ राज्य संचालन निषेध र पूर्वाग्रहमा नभएर अविछिन्न उत्तराधिकारमा आधारित हुनुपर्छ भन्ने लावतीको भनाइ छ ।
यही तर्क प्रस्तुत गर्दै सरकारको पछिल्लो कदमप्रति उनले टीप्पणी गरे, ‘विरोधाभाष हजम भएन ।’