संसदको लोगो नयाँ नक्सा अनुसार परिमार्जन हुने
काठमाडौं । प्रतिनिधिसभा कार्यव्यबस्था परामर्श समितिको बैठकले संघीय संसदको प्रतीक (लोगो) र प्रतिनिधिसभाका सदस्यहरुले प्रयोग गर्दैै आएको प्रतीकलाई नेपालको वास्तविक सीमा अनुरुपको नक्सा अनुसार परिमार्जन गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको समितिको बैठकको निर्णय अनुसार रोष्ट्रमा राखिएको प्रतीक (लोगो) र संसद सदस्यहरुले लगाउँदै आएको प्रतीक परिमार्जन गर्ने निर्णय गरेको हो । बैठकले सो निर्णय कार्यान्वयन गर्न तत्काल प्रक्रिया अघि बढाउन संघीय संसद सचिवालयलाई निर्देशनसमेत दिएको छ ।