सीमावर्ती क्षेत्रमा क्वारेन्टाइनका लागि श्रोत जुटाइदिन राप्रपा अध्यक्ष राणाको माग



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले सीमावर्ती जिल्लामा क्वारेन्टाइनको खर्च धान्न स्थानीय स्रोत अपुग भएकोले केन्द्रीय र प्रान्तीय सरकारले तत्काल आर्थिक सहयोग गर्नु पर्ने बताएका छन् ।

नेपाल फर्कनेहरूको चाप अधिक रहेका क्षेत्रमा गाउँपालिका र नगरपालिकाले मात्र सम्पूर्ण दायित्व पूरा गर्न संभव छैन । त्यसकारण कोभिड–१९ को बढ्दो जोखिम ध्यानमा लिएर, आवश्यकताअनुरूप स्थानीय सरकारलाई आर्थिक स्रोत उपलब्ध गराउनु पर्ने अध्यक्ष राणाको भनाइ छ ।

‘बाँके, रुपन्देही, कपिलबस्तु जस्ता सीमाक्षेत्रमा आगन्तुकको चाप पूर्वानुमानभन्दा धेरै छ । गाउँपालिका, नगरपालिकाको खर्च क्वारेन्टाइन धान्न अपर्याप्त छ,’ राणाले बुधबार भने । ‘केन्द्रीय तथा प्रान्तीय सरकारले कोष दुरूपयोग नहुने निश्चित गरेर तत्काल आर्थिक सहयोग गर्नु पर्दछ । जोखिम बढ्दो छ, विलम्ब नगरौं ।’

उनले ट्वीट गर्दै भने, ‘सरकारले क्वारेन्टाइनको मापदण्ड, सुविधा त तोक्यो तर आवश्यक खर्च व्यवस्था गरेन । व्यवस्थापन, आर्थिक दायित्व सबै स्थानीय तहमा राखियो ।’

विकसित घटनाक्रमप्रति सरकारको ध्यानाकर्षण गर्दै राणाले भने, ‘भारतबाट स्वदेश फर्कनेको संख्या थोरै हुँदासम्म स्थानीय स्रोतसाधनले धानेकै छ । चाप अचाक्ली बढेका क्षेत्रमा स्थिति गाउँपालिका, नगरपालिकाका क्षमताभन्दा बाहिर गएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बुटवललाई आममानिसको रोजाइको सहर बनाउन लागि परेका छौँः मेयर पाण्डेय(अन्तरवार्ता)

बुटवल । स्थानीय जनप्रतिनिधिले कार्यभार सम्हालेको साढे दुई वर्ष पूरा भएको छ ।

अध्यादेशका विषयमा छलफल गर्न प्रधानमन्त्री निवासमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक

  काठमाडौँ । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ

अध्यादेश पारित गर्ने अन्य विकल्प पनि छन्ः महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सरकारले ल्याएका अध्यादेश कसैले विरोध गर्दैमा