सरकारले के निकास दिन्छ, हेर्न बाँकी छः अध्यक्ष राणा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले अर्थ व्यवस्था धराशयी हुने टड्कारो संभावनाबीच अर्थतन्त्रको ढाँचा पूनःसंरचना बजेटको मूल हाँक हुने बताएका छन् ।

‘कोभिड–१९ ले ल्याएको संकटका कारण अर्थ व्यवस्थाको वर्तमान संरचना धराशायी हुने टड्कारो संभावना छ । घट्दो राजश्वबाट विकास खर्च त के, साधारण खर्च पनि धान्न मुस्किल पर्न सक्छ,’ अध्यक्ष राणाले सोमबार भने । ‘यी जोखिमको सामना गरी नेपाली अर्थतन्त्रको ढाँचा कसरी पूनःसंरचना गर्ने भन्ने नै यो वर्षको बजेटको मूल हाँक हुनेछ ।’

राणाले भने, ‘घट्दो राजश्वबाट साधारण र विकास खर्च धान्न कठिन देखिन्छ । परिस्थिति असामान्य छ । सरकार गम्भीर छ कि छैन ? हाम्रो चिन्ता यही नै छ ।’

उनले ट्वीट गर्दै भने, ‘विप्रेषण र पर्यटनबाट हुने आम्दानीमा ठूलो गिरावट आउने पक्का छ । आयातको लागत वेहोर्ने स्रोत सुकेर सोधनान्तर स्थितिमा घाटाको ठूलो जोखिम आइलाग्ने अवस्था छ । यही कारणले आयात घटे राजश्वमा पनि गिरावट आउने खतरा छ ।’

नेपाली अर्थतन्त्र अर्थात राजश्वको मूल तीन आधार, विप्रेषण, पर्यटन र वैदेशिक ऋण सहयोग, सीमित रहने दृष्टान्त प्रस्तुत गर्दै राप्रपा अध्यक्ष राणाले सरकारले गम्भीर भएर निकास दिनु पर्नेमा जोड दिए ।

‘विप्रेषण र पर्यटन क्षेत्रको आम्दानी र वैदेशिक ऋण, सहयोगबाट आयात धान्ने संरचना हो नेपालको । यी तीन स्रोतको आम्दानीमा आधारित आयातबाट उठ्ने भन्सार महसुल र भ्याट नै राजश्वको मूल स्रोत हो,’ उनले भने ।

घट्दो राजश्वका कारण साधारण खर्च र विकास खर्च धान्न कठिन हुने अवस्था इंगित गर्दै उनले भने, ‘सरकारले के निकास दिन्छ, हेर्न बाँकी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कांग्रेसको नीति प्रतिष्ठानमा प्रशिक्षण र अनुसन्धान निर्देशक नियुक्त

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा प्रशिक्षण र अनुसन्धानतर्फ

प्रहरी प्रमुखलाई गृहमन्त्रीको निर्देशनः ठमेलमा प्रहरीमाथि हातपात गर्नेलाई कारबाहीको दायरमा ल्याउनु

  काठमाडौँ ।  गृहमन्त्री रमेश लेखकले पछिल्लो समय प्रहरी कर्मचारीमाथि भइरहेको कुटपिट र

युवा सङ्घ नेपालको महाधिवेशन वैशाखमा हुने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट राष्ट्रिय युवा सङ्घ नेपालले १० औँ