भारतीय सेनाप्रमुखको अभिव्यक्ति आपत्तिजनकः अध्यक्ष लोहनी



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले भारतीय सेनाप्रमुख जनरल मनोज मुकुन्द नराभनेले लिपुलेक समस्याबारे दिएको अभिव्यक्ति आपत्तिजनक भएको बताएका छन् । सोमबार ट्वीट गर्दै अध्यक्ष लोहनीले नेपाल कुनै बाह्य शक्तिको इशारामा काम गर्दैछ भन्ने अभिव्यक्ति दिनु आपत्तिजनक भएको बताएका हुन् ।

उनले लेखेका छन्, ‘ भारतका जनरल नराभनेले लिपुलेक सीमा समस्याबारे नेपाल कुनै वाह्य शक्तिको इशारामा काम गर्दैछ भन्ने अर्थ लाग्ने अभिव्यक्ति दिनु आपत्तिजनक छ । नराभने जस्तो उच्च पदमा पुगेको व्यक्तिबाट नेपाल आफ्नो राष्ट्रिय स्वार्थ रक्षा गर्न सक्षम छैन भन्ने भावनाको अभिव्यक्ति आउनुले दुई देश बीचको सद्भाव र मित्रता वढाउन मद्दत गर्दैन । यहाँ हामीले वझ्नु पर्ने कुरा के छ भने भारत र नेपाल दुबैलाई एक अर्काको सद्भाव र सहयोग चाहिन्छ । त्यसैले दुई देशबीच समस्या आउँदा ठन्डा दिमागले विचार गरौं।’ भारतीय सेना प्रमुखले केही दिनअघि नेपाल भारतबीच सीमा समस्याका बारेमा विवाद नरहेको र अहिले भारतले नेपाली भूमिमा निर्माण नगरेको बताएका थिए । त्यसैगरी उनले अहिले नेपालले भारतले भूमि मिच्यो भन्ने कुरा कसैको इशारामा गरेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवसमा सरिक

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव मित्रराष्ट्र कतारको राष्ट्रिय दिवसको अवसरमा बुधबार काठमाडौं आयोजित

जसपा नेपालका दुईवटा जिल्ला समिति पुनर्गठन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका दुईवटा जिल्ला समिति पुनर्गठन गरिएका छन्

कांग्रेसको भातृ संस्थाको महाधिवेशन गर्न केन्द्रीय निर्देशन समिति गठन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका भातृ संस्थाको महाधिवेशनका लागि समन्वय

रोजगारीको प्रमुख स्रोत निजी क्षेत्र होः श्रममन्त्री भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले रोजगारीको प्रमुख स्रोत निजी