नीति तथा कार्यक्रमको कार्यान्वयन चूनौतिपूर्णः प्रचण्ड
काठमाडौं । बिभिन्न राजनीतिक दलका नेताहरुले सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमको कार्यान्वयनमा चूनौति देखिन सक्ने बताएका छन् । संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रमको कार्यान्वयनमा चूनौति देखिन सक्ने बताए ।
उनले कोरोना संक्रमणको अवस्थामा मुलुकमा जटिल अवस्था पैदा भएको र यसका कारण कार्यान्वयनमा चूनौति देखिएको बताए । उनले भने ‘चुनौति चाहिं कार्यान्वयनकै छ । मलाई लाग्छ यो कार्यान्वयन गर्न सकियो भने यसले रामै्र गति लिन्छ ।’ उनले नीति तथा कार्यक्रमप्रति आफ्नो समर्थन रहेको बताए ।