राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनद्वारा मकवानपुरमा राँके जुलुस प्रदर्शन
हेटौंडा । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन मकवानपुरले सीमा अतिक्रमणको बिरोधमा बिहीबार साँझ राँके जुलुस प्रदर्शन गरेको छ । केन्द्रीय सदस्य अनिष चौलागाईं र स्ववियू सभापति लक्ष्मण पौडेलको नेतृत्वमा भएको प्रदर्शनमा विदेशी हस्तक्षेपकाविरुद्ध नारा लगाइएको थियो ।
विद्यार्थी नेताहरुले मातृभूमिको निमित्त बलिदान गर्न तयार रहेको भन्दै सरकारले खुट्टा कमाउन नहुने बताए । विदेशीको हेपाह र मिचाह प्रवृत्ति विरुद्ध सरकार खरो रुपमा नउत्रिए सरकार विरुद्ध आन्दोलन हुने उनीहरुले चेतावनी समेत दिएका छन् ।