‘पाइपमार्फत ग्यास, चुच्चे रेल, पानीजहाजका बाचा पानीका फोकासरह फुटेर गए’
काठमाडौं । विश्लेषक एवम् साहित्यकार खगेन्द्र संग्रौलाले चार चार महिनासम्म कोरोना परीक्षणका लागि स्वास्थ्य सामग्री ल्याउन नसक्ने भन्दै सरकारप्रति आक्रोसित भएका छन् । बिहीबार ट्वीट गर्दै संग्रौलाले सरकारको काम गराईप्रति आक्रोश व्यक्त गरेका हुन् ।
उनले लेखेका छन्, “सिन्डिकेट अन्त्य, पाइपमार्फत ग्यास,चुच्चे रेल वा पानीजहाजका बाचा पानीका फोकासरह फुटेर गए । अकर्मण्यता अपराध हुँदो हो त झुटा सपना बेच्ने “मुंगेरीलाल“हरू र महामारीको चार चार महिनासम्म स्वास्थ्य सामग्री ल्याउन नसक्ने निकम्माहरू अहिले कालकोठरीमा हुँदा हुन्।“