राजधानीमा समेत परीक्षणको दायरा नढाएकोमा अध्यक्ष राणाको आपत्ति



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले कोभिड–१९ विरुद्धको संघर्षमा सरकारको रणनीतिक सुझबुझ कमी रहेको बताएका छन् । संक्रमणको क्रमभन्दा दुई कदम अघि रहेर तयारी गर्नु पर्नेमा सरकार कोरोनाको पछिपछि लागेको छ । अन्य देशको नक्कल गरेर मात्र रणनीतिक सफलता प्राप्त नहुने, उनले बिहीबार बताए ।

बन्दाबन्दीको लामो समयमा सरकारले सुविधाका बाबजुद सहरी क्षेत्र र राजधानीमा समेत परीक्षणको दायरा नढाएकोमा आपत्ति जनाए । स्वास्थ्य उपकरण खरीदमा भ्रष्टाचार र आपूर्तिमा ढिलासुस्तीले सरकारको लापरवाही पुष्टी गर्ने उनको बताए । ‘सरकारले लामो बन्दाबन्दीको सदुपयोग गरेन । सुविधासम्पन्न राजधानीमासमेत परीक्षणको दायरा बढाएन,’ राणाले भने ।

‘स्वास्थ्य सामाग्री खरीदमा भ्रष्टाचार, आपूर्तिमा ढिलासुस्ती, सुझबुझमा कमी भयो । तयारी दुई कदम अघि हुनु पर्नेमा सरकार कोरोनाको पछिपछि देखियो । विदेशको नक्कलले मात्र रणनीतिक सफलता हात लाग्दैन ।’ राप्रपा अध्यक्ष राणाले स्वास्थ्य उपकरण अभाव पूर्ति गर्न स्थानीय उद्यमीहरूलाई प्रोत्साहन गर्नु पर्ने बताए ।

‘पाइला टेक्नोलजिले प्रारम्भिक चरणमा भेन्टीलेटर निर्माण गरेको छ । यसमा सुधार गरी आवश्यक परीमाण उत्पादन गर्न सके आन्तरिक रूपमै उपकरण अभाव पूर्ति हुने थियो,’ उनले ट्वीट गर्दै भने । ‘कोरोनाको खतरा बढ्दो दरमा छ । यसै पनि महामारी चाँडै अन्त्य हुने होइन । युवा उद्यमीलाई प्रोत्साहन गरौं, मेरो मूरीमूरी शुभेच्छा छ,’ राणाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
देश र संसार बुझ्न कविता प्रभावशाली माध्यम हो: पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समाज विकासमा भाषा, कला र साहित्यको भूमिका महत्त्वपूर्ण

केबलकार विवाद समाधान गर्न नेता शर्माको सुझाव

ताप्लेजुङ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले पाथीभरामा निर्माणाधीन केबलकार

स्ववियु निर्वाचनको नतिजाले नै राजतन्त्रको पक्षमा जनमत छैन भन्ने पुष्टि भयोः महामन्त्री शर्मा

दमौली । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएको बताएका छन्

जनताले २०६४ को भन्दा उचाइको महसुस गरेर प्रचण्ड नै चाहिन्छ भन्न थालेका छनः प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्ट व्यक्तिलाई उर्जामन्त्री बनाइएको