सीमामा तारबार लगाउन स्वतन्त्र युवा संगठनको माग



काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङले हाम्रो भुमि लिपुलेकलाई व्यापारिक मार्गको रुपमा प्रयोग गर्न लागेको भन्दै स्वतन्त्र युवा संगठनले ओखलढुंगामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी को पुत्ला जलाएको छ । नेपाली भूमि अतिक्रमण गरी भारतीय पक्षबाट सडक निर्माण गरिएको भन्दै संगठनले पुत्ला जलाएको हो ।
प्रेस विज्ञप्ति
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङले हाम्रो भुमि लिपुलेकलाई व्यापारिक मार्गको रुपमा विकास गर्ने भनी समझदारीपत्रमा हस्ताक्षर गरेर जे जसरी नेपाली भुमि अतिक्रमण गरेका छ्न हामी यसको घोर भत्र्सना गर्दछौं । नेपाली भूमि अतिक्रमण गरी सार्वजनिक गरेको राजनीतिक नक्साको खारेजी गरेर गत वैशाख २६ गते भारतीय पक्षबाट नेपाली भूमि अतिक्रमण गरी बनाइएको सडक सञ्चालन तत्काल रोक्नका निम्ति नेपाल सरकार को गम्भीर ध्यानाकर्षण गराउछौ।उक्त नेपाली भुमिमा नेपाल सरकारले तत्काल नेपाल आर्मी को पोस्ट खडा गरेर नेपाल(भारत,नेपाल(चीन बीचको सम्पुर्ण सिमाना मा काडेतार लगाउन गम्भीर बनोस्।

यसै प्रेस बिज्ञप्ति मार्फत स्वतन्त्र युवा संगठन संम्योजक बिजय थापाले सम्पुर्ण स्वतन्त्र युवा साथीहरू लाई भारत र चीनको यो नाङ्गो हस्तक्षेप बिरुद्ध आआफ्नो जिल्लामा पुत्लादहन सहितको खबरदारी कार्यक्रम गर्न निर्देशन जारी गरेका ले आज ओखलढुंगा सुनकोसी गाउँपालि कटुन्जेमा नरेन्द्र मोदी र सि जिनफिङ को पुत्लादहन गरेका छौँ।यो नेपाल आमा को अस्तित्व बचाउने समय हो।यो समय भुत्ते भएका खिया लागेका हाम्रा वीर पुर्खाहरु को खुकुरी तरबार उध्याउने समय हो।

कालापानी,लिपुलेख,लिम्पियाधुरा हाम्रो हो।यो हाम्रो भुमिमा कुनै पनि वैदेशिक हस्तक्षेप कदापि सह्य हुनेछैन।यदि नेपाल सरकार यसरी नै निरीह,लाचार बनेर अब पनि मात्रै टुलुटुलु हेरेर बस्छ भने सरकार लाई नालायक घोषणा गरि नालायक सरकार बिरुद्ध चरणबद्द संघर्षमा उत्रन स्वतन्त्र युवा संगठन ओखलढुंगा बाध्य हुनेछ।
स्वतन्त्र युवा संगठन (ओखलढुंगा)
सुमन कटुवाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘भूमिसम्बन्धी अध्यादेश ल्याउँदा विचार गर्नुपथ्र्यो’

काठमाडौं । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले सरकारले सत्तारुढ दलहरुसँग छलफल नै नगरी

माधव नेपालको सुझावः हामीले विद्रोह गरेकोमा प्रश्न उठाउनेले वामदेव र भीम रावललाई हेर्नु

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले केपी ओलीको निजी आदेश

अनुहारमा जलन भएकाले अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वासनली र फोक्सोमा असर गरेको आशंका, उच्च निगरानीमा उपचार हुँदै

काठमाडौँ । आगोको ज्वालाले बेलुन फुट्दा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल

आवश्यकताअनुसार सडक, सदन र सरकारका सबै मोर्चाबाट राष्ट्रिय एकताका लागि माओवादीले अगुवाइ गर्छः प्रचण्ड

मकवानपुर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन र समृद्धिका पक्षमा