पक्राउ परेका नेता कार्यकर्ता रिहा गर्न राप्रपाको माग
काठमाडौं । सीमा अतिक्रमणको विरोधमा लैनचौरस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गर्न गाएका राप्रपाका नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । भारतले नेपाली भूमि कालापानी लिपुलेक मिचेर मानसरोवर जाने सडक निर्माण गरेको विरोधमा सोमबार विहान प्रदर्शनमा उत्रिएका विद्यार्थी र महिला संगठनका नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका अध्यक्ष प्रकाश रिमाल, विद्यार्थी संगठनका अध्यक्ष महेश बहादुर सिंह, महिला संगठनकी अध्यक्ष कुन्ती शाहीलगायत छन् । पक्राउ परेका आफ्ना कार्यकर्ता तत्काल रिहा गर्न राप्रपा अध्यक्ष कमल थापाले माग गरेका छन् । शनिबार पनि दूतावास घेराउ गर्न गएका विभिन्न विद्यार्थी संगठनका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो । भारतीय अतिक्रमणको विरोधमा काठमाडौंमा दिनहुँजसो प्रदर्शन हुँदै आएको छ ।