संघीय संसदमा आजदेखि पूर्वबजेट छलफल
काठमाडौं । संघीय संसदमा आजदेखि पूर्वबजेट छलफल सुरु हुँदै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठक र दिउँसो एक बजे बस्ने राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटको सिद्धान्त र प्राथमिकता पेस गर्ने कार्यक्रम छ ।
संसदमा पूर्वबजेट तीन दिनसम्म छलफल हुने छ । नीति तथा कार्यक्रमपछि पूर्वबजेट छलफल गर्नु उपयुक्त हुने भए पनि बजेट जेठ १५ मा पेश गर्नैपर्ने प्रावधानका कारण वैशाख २८ गतेबाटै पूर्वबजेट छलफल गर्न लागिएको हो । सरकारको नीति तथा कार्यक्रम जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट पेश गर्ने कार्यक्रम छ ।