भारतले लिम्पियाधुरा र लिपुलेकमा सडक निर्माण गरेकोप्रति सरकारलाई आवश्यक कदम चाल्न कमल थापाको आग्रह



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले लिम्पियाधुरा र लिपुलेकबाट भारतले सेना फिर्ता गर्नुको सट्टा सडक निर्माण गरेको भन्दै आपत्ति जनाएका छन् । अध्यक्ष थापाले शुक्रबार ट्वीट गर्दै भारत सरकारको यस कदमको भत्र्सना गर्दै नेपाल सरकारलाई यसबारे तत्काल कदम चाल्न आग्रह गरेका हुन् । उनले यसबारे नेपाल सरकार उदासिन देखिनु खेदजनक भएको उल्लेख गरेका छन् । थापाले लेखेका छन्, ‘नेपाली भूमि हो । त्यहाँ रहेका भारतीय सेना फिर्ता गर्नुको सट्टा लिपुलेकसम्म बाटो बनाई यातायातको निमित्त खोलिएको तथ्य सार्वजनिक भएको छ । भारत सरकारको यस कार्यको भत्र्सना गर्दछु । यसवारे नेपाल सरकारको उदासिनता खेदजनक छ । यसवारे अविलम्ब आवश्यक कदम चाल्न सरकारसंग माग गर्दछु ।’

भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेको समाचार सार्वजनिक भएको छ । नेपाली पक्षसँग कुनै सल्लाह नगरी निर्माण गरिएको उक्त सडकको शुक्रबार भारतका रक्षामन्त्री राजनाथ सिंहले दिल्लीबाट भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेका छन् । भारतले २०१९ को नोभेम्बरमा नयाँ राजनीतिक नक्सा जारी गर्दै नेपाली भूमि मिचेपछि उत्पन्न समस्या कूटनीतिक माध्यममार्फत समाधान नभइरहेको अवस्थामा फेरि नेपाली भूमिमै चीनसँग सीमा जोड्ने नाकासम्म सडक मार्ग निर्माण गरेपछि समस्या उत्पन्न भएको छ ।

सिंहले भारतको भारतको उतराखण्डको धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने सडक मार्गको भारतीय सेना प्रमुखसहित उपस्थित रहेको कार्यक्रममा उद्घाटन गरेका हुन् । सिंहले उक्त सडक निर्माण गरेकोमा भारतको बोर्डर रोड अर्गनाइजेसन (बीआरओ) लाई धन्यवादसमेत दिएका छन् । सिंहले ट्वीट गर्दै बीआरओले सीमा जोड्नको लागि केही वर्षदेखि उत्कृष्ट काम गर्दै आएकोमा धन्यवाद समेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कांग्रेसको नीति प्रतिष्ठानमा प्रशिक्षण र अनुसन्धान निर्देशक नियुक्त

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा प्रशिक्षण र अनुसन्धानतर्फ

प्रहरी प्रमुखलाई गृहमन्त्रीको निर्देशनः ठमेलमा प्रहरीमाथि हातपात गर्नेलाई कारबाहीको दायरमा ल्याउनु

  काठमाडौँ ।  गृहमन्त्री रमेश लेखकले पछिल्लो समय प्रहरी कर्मचारीमाथि भइरहेको कुटपिट र

युवा सङ्घ नेपालको महाधिवेशन वैशाखमा हुने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट राष्ट्रिय युवा सङ्घ नेपालले १० औँ