सत्तासंघर्षका कारण सरकारप्रति जनताको विश्वास गुम्योः अध्यक्ष राणा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले महामारी विरुद्धको संघर्षमा सरकारले आवश्यक समय र नेतृत्व दिन नसकेको आरोप लगाएका छन् ।

सरकार सत्ताको लेनदेन र भागबण्डामा ब्यस्त रहँदा, पार्टी अध्यक्षको टेबल र रातो कपडा प्राथमिकतामा परेको, कोरोना प्रकोप र आर्थिक संकटको मुद्दा ओझेलमा परेको राणाले बुधबार बताए ।

‘केही दिन अघिसम्म सरकार सत्ताको छिनाझपटीमा ब्यस्त थियो । अब स्थायी समितिको बैठक छ । अर्थात बालुवाटारमा सघन छलफल जारी छ, बिषय तर कोरोना हैन रातो कपडा, अध्यक्षको टेबल र सत्ताको भागबण्डा छ,’ उनले भने ।

सत्तारूढ नेकपा भित्रको सत्तासंघर्षका कारण जनता सरकारप्रति विश्वस्त रहन नसकेको भन्दै उनले भने, ‘महामारी, आर्थिक संकटसँग जुध्न सरकारलाई समय कहिले मिल्ने हो ? जनजिब्रोमा यही प्रश्न झुण्डिएको छ ।’

बन्दाबन्दीको समय ढेड महिना बितिसक्दा पनि सरकारले अत्यावश्यक चाँजोपाँजो मिलाउन नसकेको राणाको टीप्पणी छ । स्वास्थ्य उपकरण, स्वास्थ्य परीक्षण, क्वारेन्टाइन व्यवस्थामा अभाव कायम रहेको भन्दै सरकारको स्वास्थ्य रणनीति अन्योलग्रस्त रहेको उनले ट्वीट गर्दै बताए ।

‘बन्दाबन्दी ४४ दिन भयो । यसबीच क्वारेन्टाइन सुविधा, स्वास्थ्य उपकरणको उपलब्धता ब्यवस्थित हुनुपर्ने हो । स्वास्थ्य परीक्षण ब्यापक बन्नुपर्ने हो । विदेशमा रहेका नेपाली फिर्ता ल्याउन स्पष्ट खाका तय भइसक्नु पर्ने हो,’ राणाले भने । ‘तर महामारी विरुद्धको हाम्रो संघर्ष नेतृत्वविहीन छ, अभावग्रस्त छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सत्ता सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा देउवा-ओलीबीच बालुवाटारमा दुई घण्टा वार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता

नेपाल–चीनबीचको बौद्ध संस्कृति र कला थप सुदृढ बनाउँदै लैजानुपर्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाल र चीनबीचको प्राचीन सांस्कृतिक सम्बन्धलाई

पूर्वप्रधानमन्त्री डा. भट्टराई भारत प्रस्थान

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा बाबुराम

शेरबहादुरजीले सरकार ढल्दैन भनेपछि भ्रम फैलाउनेहरु फत्रक्क भएका छन्ः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थाइल्याण्डबाट फर्केपछि