डा. प्रकाशचन्द्र लोहनी, अध्यक्ष राप्रपा
१ . बितेका का १२ बर्ष मा दश पटक सरकारी खरिद नियमावली संसोधन भएछ ।
२ . खरिद नियमावली सम्बन्धितसँग राय नलिई संसोधन गर्ने र संसोधन गरेपछि फेरि “सुधार“ गर्ने शैली देखापरेको छ । आफैंले समस्या खडा गर्ने र समाधान गर्ने नाम मा “हिसाब किताब “ मिलाउने सर्बहारा सरकारको अग्रगामी कार्यशैली भएको छ ।
३ . यसैक्रममा एउटा शर्त अनुसार काम नगर्ने कम्पनीको ६० करोड रुपैयाँको ठेक्का बचाउन मन्त्रिपरिषदले सार्बजनिक खरिद नियमावलीमा जेसुकै लेखिएको भएतापनि उक्त काम नगर्ने कम्पनीको म्याद थप गर्नु भनि निर्णय गरि म्याद थप गरि दियो । यसबाट के देखिन्छ भने पुरानो जहानियाँ शासन मा “ हाम्रा हजुरबाट हुकुम भएको छ “ भन्ने शासन शैली अनुरुप वर्तमान सरकारमा नवसामन्त तथा गरिबमारा भ्रस्टाचार चरित्र व्यापक हँुदै गएको छ ।

प्रतिक्रिया