संघीय संसदको महासचिवमा गौतम नियुक्त
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार डा. भरतराज गौतमलाई संघीय संसदको महासचिवमा नियुक्त गरेकी छन् ।
प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाको संयुक्त सिफारिसमा गौतमलाई नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम राष्ट्रपति भण्डारीले गौतमलाई नियुक्त गरेकी हुन् ।