राप्रपा नेता थापाद्वारा राहत वितरण
काठमाडौं । पूर्वमन्त्री एवं राप्रपाका नेता सुनिलबहादुर थापाले लकडाउनका कारण काठमाडौंमा समस्यामा परेका धनकुटाका जनतालाई राहत वितरण गरेका छन् । थापाले सूर्यबहादुर प्रतिष्ठानका तर्फबाट काठमाडौंमा रहेका धनकुटाका जनतालाई बुधबार राहत वितरण गरेका हुन् । लकडाउनका कारण समस्या परेकाले उनीहरुलाई चामल, तेल, चिनीलगायतका खाद्या सामग्री
वितरण गरिएको प्रतिष्ठानले जनाएको छ ।