संकटको समयमा सरकारले मानवीय संवेदना प्रदर्शन गर्न नसकेको राप्रपा अध्यक्ष राणाको ठहर



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले दैनिक ज्याला मजदुरी गर्ने गरिवको पीडा नसुनेर जनताको अविभावक बन्नबाट सरकार पूर्ण चुकेको बताएका छन् ।

‘दैनिक ज्यालामा बाँच्ने गरिव नेपालीको पिडा अहिलेको टड्कारो समस्या हो । खाली पेट बच्चा बोकेर लामो दूरी हिँड्दै घर फर्कन बाध्य नागरिकलाई सरकारले थुन्न थालेको छ,’ अध्यक्ष राणाले बिहीबार भने ।

‘थुनेर मात्र समस्याको हल हुँदैन, विपन्न वर्गको कष्ट दूर गर्दैन । यस मानेमा जनताको अभिवावक बन्नबाट सरकार पूर्ण चुकेको छ ।’

संकटको समयमा सरकारले मानवीय संवेदना प्रदर्शन गर्न नसकेको राणाको ठहर छ ।

‘बन्दाबन्दी कार्यान्वयन गर्न सरकार अमानवीय बन्नुपर्ने बाध्यता छैन’ भन्दै उनले भने, ‘बिचल्लीमा परेका श्रमिकलाई कि त घर पुग्ने यातायात व्यवस्था गर्नुपर्यो । जहाँ छन् त्यहीँ राख्ने भए गाउँपालिका, नगरपालिकामार्फत खाने बस्ने प्रबन्ध गर्नुपर्यो । जनताको सरकारले गरिव नेपालीको, श्रमिक नेपालीको अभिवावकत्व ग्रहण गर्नुपर्यो ।’

विपद् व्यवस्थापनको स्थापित मान्यताविपरीत सरकारले नै गृह प्रशासनलाई गुमराहमा राखेकोमा राणाले चिन्ता प्रकट गरेका छन् । कोरोना महामारी विरुद्धको संघर्षमा गृह प्रशासनलाई पूर्ण बाइपास गर्नु आठौं आश्चर्यसरह भएको उनले बताए ।

‘विपद् व्यवस्थापनमा गृह मन्त्रालयको केन्द्रीय भूमिका रहने गर्दछ । तर कोभिड–१९ विरुद्धको संघर्षमा गृह प्रशासनलाई पूर्ण बाइपास गरिएको छ । पद्धतिअनुकूल राज्यको प्रमुख संरचना क्रियाशील नगराउनु आठौं आश्चर्यसरह हुन्छ । यस्तो असामान्य परिदृश्यले संकटमा सही र सकारात्मक सन्देश प्रवाह गर्दैन,’ राणाले भने ।

राप्रपा अध्यक्षले ट्वीट गर्दै प्रकोपको बेलामा सरकार मितव्ययी बन्नु पर्ने सुझाएका छन् । पछिल्ला नियुक्तिहरू असान्दर्भिक रहेको भन्दै सरकारको आलोचना पनि गरेका छन् ।

‘विश्व महामारीमा छ, देश संकटमा छ । तर कहीँ नभएको जात्रा हाँडी गाउँमा जस्तो सरकार नयाँ–नयाँ पद सिर्जनामा लागेको छ । जबकी सरकार अहिले मितव्ययी बनेर उदाहरण बन्नु पर्ने हो,’ उनले भने ।

‘यसैले अत्यावश्यक बाहेकका सुविधा, जम्बो सुरक्षा, सल्लाहकार टोली कटौती गरी स्रोत जनसेवामा लगाउनु बुद्धिमानी हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमालेको प्रतिनिधि परिषद बैठकमा देउवा र प्रचण्डले पनि सम्बोधन गर्ने

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा उत्पन्न भएको निराशालाई तोड्नका लागि

कांग्रेसले भन्यो-गण्डकी र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट गरिएका निर्णय र क्रियाकलाप घोर आपत्तिजनक

काठमाडौं । नेपाली कांग्रेसले प्रदेश सरकार गठन गर्ने क्रममा गण्डकी र सुदूर पश्चिमका

गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित

गण्डकी । गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । अधिवेशनको पहिलो

कोसीका मुख्यमन्त्री कार्की विरूद्धको एमाले-माओवादीको संकल्प प्रस्ताव पारित

विराटनगर ।  कोशी प्रदेशसभाको आजको बैठकमा  सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको छ ।