सीमा नाकामा थप निगरानी बढाउन राजपाको माग



काठमाडौं । राष्ट्रिय जनता पार्टीले खुला सीमा नाकाबाट कोरोना भाइरस फैलिने खतरा बढेको भन्दै थप सुरक्षाकर्मी परिचालन गरेर निगरानी बढाउन माग गरेको छ ।

छिमेकी मुलुक भारतमा कोरोनाले महामारीको रूप लिइरहेका बेला राजपा संयोजक शरतसिंह भण्डारीले बुधबार विज्ञप्ति जारी गरी सीमा नाकामा थप कडाइ गर्न सरकारलाई आग्रह गरेका हुन् ।

प्रेस विज्ञप्ति

मिति-२०७७-०१-०३
हिजो सरकारले वैशाख १५ गते सम्म वढाएको लक डाउनको समय सिमा सम्बन्धि निर्णय स्वागतयोग्य छ। तर यसलाई अझ प्रभावकारी बनाउन केही महत्त्वपूर्ण कुराहरुमा सरकारको ध्यान पुग्नु आवश्यक छ।

१. लक डाउनमा दिनहुँ काठमाडौबाट पैदल यात्रा गरि हजारौंको संख्यामा सर्वसाधारण नागरिक आ-आफ्नो जिल्ला तर्फ गैरहेका छ्न जस्ले एकातिर विभिन्न ठाउँमा झडपको स्थिति सृजना भएको छ भने अर्कोतिर स्थानीय ठाउँहरुमा त्रासको पनि अवस्था छ। त्यसकारण लक डाउनलाई सफल बनाउन यस विषयमा सरकार गम्भीर भई यसको उचित समाधान खोज्नुपर्छ ।

२.उपत्यका लगायत देशको विभिन्न भुभागमा फसेका नागरिकहरु जसलाई खान बस्न गार्हो भएको अवस्था छ तीनीहरुलाई सम्बन्धित वडाहरुबाट तत्काल राहतको व्यवस्था मिलाउनु पर्दछ।यस विषयमा सरकारले बारम्बार निर्णयहरु गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन।

३.छिमेकी मुलुकहरूमा कोरोना भाइरसको संक्रमन तीब्र गतिमा वढीरहेको कारणले खुला सिमानामा अझ निगरानी बढाउनु पर्ने भएकोले व्यापक रुपमा सुरक्षाकर्मीहरु परिचालन गरि आवत जावतलाई कडाइका साथ रोक्नु पर्दछ।

४.देशको विभिन्न भुभागामा अहिले आएर संक्रमितहरुको संख्या वढ्न थालेको छ तर स्वास्थ्यकर्मीहरुले अझै पनि स्वास्थ सामग्रीहरु पाउन सकिरहेको छैन।त्यसकारण सरकारले प्राथमिकताका साथ तत्काल आवश्यक सामग्रीहरु उपलब्ध गराउनु पर्दछ।

अन्त्यमा आम जनसमुदायलाई यो महामारीबाट जोगिन सिङ्गो देश एक ठाउँमा उभिनु पर्ने भएकोले लक डाउनको नियमहरु जिम्मेवारीका साथ पालना गर्नु हुन सवैलाई हार्दिक अपील गर्दछौं ।

शरतसिंह भण्डारी
संयोजक
राष्ट्रिय जनता पार्टी नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पार्टीमा व्यक्तिभन्दा संस्था केन्द्रित गतिविधि जरुरी छ : प्रवक्ता महत

चितवन । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले पार्टीलाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्ने

बुटवललाई आममानिसको रोजाइको सहर बनाउन लागि परेका छौँः मेयर पाण्डेय(अन्तरवार्ता)

बुटवल । स्थानीय जनप्रतिनिधिले कार्यभार सम्हालेको साढे दुई वर्ष पूरा भएको छ ।

अध्यादेशका विषयमा छलफल गर्न प्रधानमन्त्री निवासमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक

  काठमाडौँ । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ