औषधि खरिदमा भएको अनियमितताकाबारेमा सरकारले स्पष्ट पार्नुपर्छः नेता महतो



काठमाडौं । राष्ट्रिय जनता पार्टीका नेता  राजेन्द्र महतोले  कोरोनासंग जुध्न जनताले सरकारालाई साथ दिएपनि सरकार भित्रै समन्वय र मानवसंवेदनशीलताको अभाव रहेको आरोप लगाएका छन् ।

आइतबार विज्ञप्ती जारी गर्दै महतोले कोरोना भाइरसको महामारीले पूरा विश्व नै स्थिर रहेको आजसम्म एक लाख भन्दा बढी मानिसले ज्यान गुमाएकोमा १७ लाख भन्दा बढी मानिस यस भाइरसबाट संक्रमित भएपनि सरकारले गम्भीरताका साथ काम गर्न आवयश्क रहेको बताएका हुन् ।

विज्ञप्तीमा भनिएको छ, ‘मुलुक आज २० दिन देखि लक डाउनमा छ । बिभिन्न दुःख कष्ट सहेर पनि आम नागरिकहरुले लक डाउनको नियम कानुन पालना गरिरहेको र अझै केही हप्ता गर्नुपर्ने परिस्थिति हाम्रो सामु छ, यसको पालना गर्नु हाम्रो आफ्नै जिबन रक्षा को लागि पहिलो आवश्यकता हो । यस संकटको घडीमा प्रतिपक्षमा रहेका राजनीतिक पार्टीहरु समेतले पुर्ण रूपमा सरकारलाई सहयोग र समर्थन गरे पनि सरकार भित्रै समन्वयको अभाव र मानबिय सबेदनहिनता को कारणले कोरोनाको नियन्त्रण कार्य सन्तोषजनक नदेखिनु र पिडित नागरिकहरु लाई राहत बितरणको कार्य सुचारु रुपले संचालन हुन् नसक्नु दुखद र दुर्भाग्यपूर्ण हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नयाँ वर्षमा प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको शुरुवातीका दिन राष्ट्रका नाममा सम्बोधन

यो एउटा बिग्रेको अर्कोले हेर्ने बेला हैनः पूर्वराजा शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक नैतिकता, जनताप्रतिको उत्तरदायित्व, निष्ठा र इमान्दारिता हामी

माधव नेपाल पक्षद्वारा रुपन्देहीमा दुई सय ५ सदस्यीय कमिटी घोषणा

बुटवल । नेकपा एमालेको माधव नेपाल पक्षले रूपन्देही जिल्लामा राजु गुरुङको अध्यक्षतामा २

क्रान्तिकारी माओवादीले दुई महिने संगठनात्मक अभियान सञ्चालन गर्ने

काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले नयाँ वर्षसँगै दुई महिने संगठनात्मक