सरकार र नागरिक वीच विश्वास र सहकार्य बढाऔंः भट्टराई
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कोरोना संक्रमणका बेला उच्च मनोबलका साथ रहेर कोरानाको प्रतिरोध गर्न अपील गरेका छन् । बिहीबार भिडियो सन्देश जारी गर्दै भट्टराईले कोरोना महाव्याधीको समयमा अग्रपंक्तिमा रहेका सम्पूर्ण स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, आपूर्ति (खाद्य, पानी, औषधी आदि) उपलब्ध गराउन खटिएका, सफाईकर्मी लगायत सबैलाई सम्मान व्यक्त गरेका छन् ।
उनले लकडाउनको वेला उच्च मनोवल र सकाराकात्मक सोचका साथ घरमै बसेर कोरोनाविरूद्धको लडाइँलाई सफल पार्न सबैसँग आग्रह गरेका छन् । सरकार र नागरिक वीच विश्वास र सहकार्य बढाएर कोरोनालाई पराजित गर्नुपर्नेमा उनले जोड दिएका छन् । उनले सर्वदलीय संयन्त्र बनाएर अघि बढ्न सरकारलाई आग्रह गरेका छन् ।