प्रधानमन्त्रीले सरकारको आलोचनालाई वेमौसमी बाजा भन्नु अलोकतान्त्रिक र असहिष्णु प्रवृत्तिः भट्टराई



काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा गरेको सम्बोधन असहिष्ण भएको टिप्पणी गरेका छन् । प्रधानमन्त्रीको सम्बोनपछि ट्वीट गर्दै भट्टराईले जनतालाई जीवन वा स्वतन्त्रतामध्ये एक रोज भन्नु आपत्तिजनक भएको बताएका हुन् ।

उनले ट्वीटमा लेखेका छन्, संकटको वेलामा देशको कार्यकारी प्रमुखले जनतालाई नियमितरूपमा सम्बोधन गर्नु राम्रो हो।तर प्रमले आफ्नो सम्बोधनमा जनतालाई जीवन वा स्वतन्त्रतामध्ये एक रोज भन्नुचाहिं आपत्तिजनक छ।लोकतन्त्रमा हामीलाई दुवै चाहिन्छ।त्यसरी नै आलोचनालाई वेमौसमी बाजा भन्नु अलोकतान्त्रिक र असहिष्णु प्रवृत्ति हो।’

प्रधानमन्त्रीले सम्बोधनमा यसो भनेका थिए
‘सरकारका काम कुनै पनि संवैधानिक अङ्गहरुको सम्परीक्षणभन्दा माथि हुँदैनन् । तिनले गर्ने अध्ययन र गर्ने फैसलाका लागि सरकार हमेशा तयार रहन्छ । तर कामै गर्न नसक्ने र प्रक्रिया नै सुरु हुन नसक्ने गरी गरिने निराधार आरोप र मिथ्या प्रचारले अप्ठ्यारो अवस्थामा काम गरिरहेका व्यक्तिहरुलाई निरुत्साहित मात्रै गर्छ भन्ने कुरामा सबैले ध्यान दिनुपर्छ भन्ने मात्र मेरो आग्रह छ । समाजमा उठ्ने गरेका, खासगरी मिडिया र सामाजिक सञ्जालमा आउने गरेका आलोचना, टिप्पणी र सुझावप्रति मेरो पर्याप्त ध्यान गएको छ । मानवजाति विरुद्ध आइलागेको राष्ट्रिय र विश्वव्यापी संकटको यस्तो परिस्थितिमा एकजुट भई लड्नु पर्ने समयमा सरकारलाई असफल देखाउन र आफ्ना विभिन्न प्रकारका निहीत स्वार्थ पूरा गर्न चलाइएका प्रचारबाजी बेमौसमी बाजा जस्तै हो र यस्तो प्रवृत्ति किमार्थ प्रशंसनीय हुन सक्दैन ।’

र यो पनि

निहीत स्वार्थ पूरा गर्न चलाइएका प्रचारबाजी किमार्थ प्रशंसनीय हुन सक्दैनः प्रधानमन्त्री(सम्बोधनको पूर्णपाठसहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने जसपा नेपालको निर्णय

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय गरेको छ

सरकारले संसदलाई ‘मिनीमाइज’ गरिरहेको छः प्रमुख सचेतक पाण्डे

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले संसदको अपहेलना गरिरहेको

‘ गृहमन्त्रीले आफैंले कमान्ड गरेको प्रहरीको सुरक्षा दिन सक्दैन भने नेपाली युवा देशमा किन बस्ने ?’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले नेपाल प्रहरीको सुरक्षा गर्न नसकेको

नेपाल समाजवादी पार्टीको महिला उपाध्यक्षमा मानुषी यमि निर्विरोध निर्वाचित

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को महिला उपाध्यक्षमा मानुषी यमि भट्टराई निर्विरोध