प्रधानमन्त्री ओलीको सम्बोधनले भ्रष्टाचारीलाई ‘हाईसन्चो’ भएको साझा नेता परियारको टिप्पणी 



काठमाडौं । साझा पार्टीका नेता प्रकाशचन्द्र परियारले प्रधानमन्त्री केपी शर्मा ओलीको सम्वोधनले कुनै उत्साह र उर्जा नभरेको टिप्पणी गरेका छन ।

सामाजिक संजाल फेसवुकमा प्रतिकृयात्मक टिप्पणी गर्दै युवा नेता परियारले खरीद प्रकरणमा संलग्न भ्रष्टाचारीहरुलाई कार्वाही गर्ने जनचाहना विरुद्ध उन्मुक्ति दिने खालको गोलमाल सम्वोधन गरेको नेता परियारको टिप्पणी छ ।
सेवक हो, म सन्चै छु है ! प्रधानमन्त्री ओली : प्रधानमन्त्रीको सम्वोधनमा केही विशेष कार्यक्रम आउला, केही उल्लेख्य कार्ययोजना सार्वजनिक होला कि भन्या ? म विस्तरावाट उठे है, सन्चै छु, ‘हामी यस्तै त होनी व्रो’ जस्तोमै सिमीत लाग्यो । यो साह्रै दुखद हो । एक महिनादेखि जनताले टिभीमा हेर्न नपाएका आज हेर्न पाएनी, कति भाग्यमानी नेपाली भन्न मात्रै वाँकी छ। विपतमा समेत भ्रष्टाचारमा चुर्लुम्म डुवेका आफ्ना क्याविनेट मेम्वरलाई ‘जन चाहना वमोजिम’ कठालो समातेर वर्खास्तगी गर्लान र जेल कोच्ने वातावरण वनाउलान कि भन्ने मधुरो आशा, झिनो विश्वास थियो
गैल भैंस पा…. उफ !!!
लकडाउन, लक डाउन,
लक डाउन अरु त कराउँदै गरुन,
कराँदै गरुन अरु त कराउँदै गरुन,
कराँदै गरुन जे जे गरुन,
जे जे गरुन ! सवै झलमल्ल ठिक ठाक छ त !
‘चल रहाहै, क्यूँ घबराती है’ भन्दा माथि उठ्न नदिने संयन्त्र छ कि इच्छानै त्यस्तो हो ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पार्टीमा व्यक्तिभन्दा संस्था केन्द्रित गतिविधि जरुरी छ : प्रवक्ता महत

चितवन । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले पार्टीलाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्ने

बुटवललाई आममानिसको रोजाइको सहर बनाउन लागि परेका छौँः मेयर पाण्डेय(अन्तरवार्ता)

बुटवल । स्थानीय जनप्रतिनिधिले कार्यभार सम्हालेको साढे दुई वर्ष पूरा भएको छ ।

अध्यादेशका विषयमा छलफल गर्न प्रधानमन्त्री निवासमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक

  काठमाडौँ । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ