सीमामा रोकिएका नेपालीलाई घर पुग्ने व्यवस्था मिलाउन सरकारसँग राप्रपा नेता चन्दको माग
कोरोना संन्क्रमण रोक्न नेपाल भारत सीमा बन्द गर्नु आवश्यक थियो, गरियो, ठिक छ । आफ्नो घर फर्कन पाउने नागरिकको नैसर्गिक अधिकार हो र घर फर्कने चाहनामा नेपालीहरु सिमानामा आएर रोकिनु परेको छ यो दुःखद छ । सिमानामै स्वास्थ्य परीक्षण र अनिवार्य क्वारेन्टाइनको व्यवस्था गरि उनीहरुलाई तुरुन्त आआफ्नो घरसम्म पूग्ने वतावरण मिलाउन म नेपाल सरकारसँग आग्रह गर्दछु ।
जयन्त चन्द,
नेता राप्रपा एवम् पूर्वमन्त्री