कोराना नियन्त्रणका लागि सामूहिक प्रयास आवश्यक : मुख्यमन्त्री गुरुङ



पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारका लागि सबैको सामूहिक प्रयास आवश्यक रहेको बताएका छन् ।

चैते दसैंको उपलक्ष्यमा बुधबार शुभकामना सन्देश दिँदै उनले महामारीबाट विश्व समुदायलाई नै गम्भीर रूपमा प्रभावित गरिरहेको सन्दर्भमा नेपाल पनि प्रभावमुक्त रहन नसकेकाले सङ्क्रमणबाट बच्न र बचाउन सम्पूर्ण नागरिक एकताबद्ध भएर लाग्न आग्रह गरेका हुन् ।

धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सहभाव एवं धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई मजबुत बनाउन प्रेरणा मिलेको सन्देशमा उल्लेख छ ।

लोकतान्त्रिक गणतन्त्र संघीयता, धर्मनिरपेक्षता र सामाजिक न्यायसहितको शासन व्यवस्था नेपाली जनताले लामो संघर्षपछि प्राप्त गरेको उपलब्धि रक्षा गर्दै बहुजाति, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देश संविधानतः धर्मनिरपेक्ष राष्ट्र घोषणा भएको सन्देशमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भ्याक्सिन पनि घरघरमा ग्यासपाइप जस्तै आधार र तथ्य विनाको नहोस्

नारायण गाउँले । अनुदानमा आएको भ्याक्सिन सुरु गर्दै प्रधानमन्त्री ओलीले तीन महिनाभित्रै सबैलाई

ओलीमार्फत थप द्वन्द्व र अराजकता निम्त्याउने योजनाकाविरुद्ध एकजुट होऔंः संविधानविद् आचार्य

काठमाडौं । संविधानविद् डा. भिमार्जुन आचार्यले सशस्त्र द्वन्द्वका नेतृत्वहरूमार्फत समाजलाई विभाजन गरि स्थायी

सबै नागरिकलाई कोभिडविरुद्धको खोप निःशुल्कः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कोभिड १९ विरुद्धको लडाईंको नयाँ चरणमा

‘अध्यक्ष पद दिने समूहमा जाने’ भनेको होइनः वामदेव गौतम

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमको विषयमा सार्वजनिक समाचारप्रति उनको