विकास रकम बन्द गरि त्यो रकम कोरोना रोकथाममा प्रयोग गर्न लोहनीको माग



१ सरकारले लकडाउनको अबधि बढाएको छ । यो निर्णय सफल पारौं । देशभित्र कोरोना भाइरस रोक्ने यहि उपाय हो । यो देशभित्र बढ्यो भने स्थिति अकल्पनीय हुनेछ । त्यसैले सरकारी निर्णय पूरा लागू गरौं ।

२. विदेशमा रहेका लाखौ नेपालीहरुबारे सरकारले ध्यान देओस् । उनीहरु नेपाल फर्कन पर्ने बाध्यताको परिस्थिति आएमा उनीहरुले कसरी व्यवस्थापन गर्ने बारे कार्यक्रम तयार गरोस्

३ देशभित्र तथा सहरी क्षेत्रमा रहेका मजदूरहरु (ज्यालादारी , रिक्सा चालक , असंगठित क्षेत्रमा कम गर्ने कामदारहरु को लागि कार्यक्रम तयार गरोस्

४ कृषिसँग जोडिएका उद्योग र व्यवसायहरुहरु जस्तै डेरी , कुखुरा उत्पादन, दाना उत्पादन , तरकारी उत्पादन आदिलाई कसरी बचाउने भन्ने बारे कार्यक्रम तयार गरियोस्
५ पर्यटन उद्योगलाई कमसेकम एक वर्षसम्म सहुलियतको व्यवस्था गरियोस्

६ माननीयहरुले दिएको विकास रकम बन्द गरि उक्त रकम अहिलेको समस्याको लागि प्रयोग गरियोस्
७ राष्ट्रपति, प्रधानमन्त्री, माननीयहरु संवैधानिक अंगका सदस्य सबैको तलब तथा भत्ता २५ प्रतिशत कौटती गरि कोरोना भाइरससँगको लडाईंमा खर्च गरियोस्

८ निजी तथा सरकारी अस्पतालहरु, नेपाल मेडिकल काउन्सिल तथा स्वास्थ्य मन्त्रालय समेत रहेको समिति बनाई औषधि उत्पादन, वितरण, तथा कोरोनसँग लड्न विभिन्न अस्पतालको ब्यस्ब्स्थापन बारे कार्यक्रम बनाएर लागू गरियोस्
९ यो लडाईंमा सफल हुन सरकारले भनेको कुरो गर्छ , जनतासँग झुटो बोल्दैन र भष्टाचार गर्दैन भन्ने कुरामा जनतामा विश्वास हुनुपर्दछ। त्यसैले भष्टाचारको कुरो बाहिर आउँदा तुरुन्त कुरो के हो बताउन पर्दछ र भष्टाचारीलाई कारबाही गर्नुपर्दछ तब मात्र जनताले सरकारलाई साथ दिन्छ ।

डा. प्रकाशचन्द्र लोहनी, अध्यक्ष राप्रपा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागमती प्रदेशसभाको हिउँदे अधिवेशनको ५७ दिनमा ६ बैठक

  मनहरी ।  बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा ६  वटा मात्रै

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा