प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज
काठमाडौैं । प्रधानमन्त्री केपी शर्मा ओली मनमोहन सेन्टर महाराजगंजमा आकस्मिक उपचार गराई पूर्ण स्वास्थ्यलाभ हासिल भएसँगै डिस्चार्ज भएका छन् । उनी डिस्चार्जपश्चात् आफ्नो सरकारी निवास बालुवाटार पुगेका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।
उनी बिहीबार राती मुटुको धड्कन बढ्ने समस्याका कारण अस्पतालमा भर्ना भएका थिए। करिब २० घण्टा अस्पतालमा रहेर उनले मुटुको धड्कन बढ्नुको कारण खोजेर उपचार गराएका थिए ।
उनको २४ दिन अघि शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रधानमन्त्रीको सचिवालयले उपचारका संलग्न अस्पताल, चिकित्सकहरू, नर्सहरू र सबैलाई धन्यवाद दिएको छ ।