मन्त्री त्रिपाठी अनुपस्थित भएपछि राज्य व्यवस्था समितिको बैठक स्थगित



काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री ह्दयेश त्रिपाठीको अनुपस्थितिका कारण राज्य व्यवस्था समितिको बैठक स्थगित भएको छ । लामो समयदेखि राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलका क्रममा रहेको संघीय निजामति सेवा ऐन सम्बन्धि विधेयकका विषयमा छलफल गर्ने कार्यसूची रहेपनि मन्त्रीको अनुपस्थिति भएपछि बैठक स्थगित भएको हो ।

सांसद त्रिपाठी विरामी भएका कारण बैठकमा सहभागी हुन नसकेको जानकारी बैठकमा गराइएको थियो । विधेयक समितिबाट संभवतः आज पारित गर्ने तयारी थियो । यसअघि चैत २ गते बसेको बैठकमा सांसदहरुबीच सहमति जुटेपनि मन्त्री त्रिपाठीले राजनीतिक सहमति जुटाउनुपर्ने आवश्यकता रहेको भन्दै समय माग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तनहुँ–१ बाटै चुनाव लड्छु

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ–१ बाटै निर्वाचन लड्ने घोषणा

सिट बाँडफाँटमा साझा अवधारणा बनाउन कार्यदललाई गठबन्धनको निर्देशन

काठमाडौं । सत्ता गठबन्धनले चुनावी तालमेलको साझा  धारणा बनाउने जिम्मेवारी पनि सिट बाँडफाँट

तीन तहको सरकार हुँदा पनि फोहोर उठाउन नसक्नु लज्जाजनक : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तीन तहको सरकारले पनि काठमाडौंको फोहर

‘बाबुरामद्वारा सञ्चालित अस्वस्थ गतिविधिले पार्टीलाई चलायमान बनाउन समस्या उत्पन्न गर्यो’

काठमाडौं । मङ्सिर ४ गते घोषित प्रदेश तथा सङ्घीय निर्वाचनमा पार्टीको आगामी रणनीति,