को-को परे राप्रपाको पहिलो मनोनयनमा ?



काठमाडौं । राप्रपाका अध्यक्षत्रय पशुपतिशमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले पार्टीको सचिवालय प्रमुख र कोषाध्यक्ष पदमा मनोनयन गरेका छन् ।

राप्रपाको सचिवालय प्रमुखमा ध्रुवबहादुर प्रधान (नवलपरासी) र भास्कर भद्रा (ललितपुर), कोषाध्यक्ष पदमा गणेश चन्द (बैतडी) र चन्द्रबहादुर गुरुङ (कैलाली) लाई मनोनयन गरिएको छ ।

राप्रपाका नेता किशोरबहादुर कार्कीले जनाए अनुसार, राप्रपा एकीकरणपछिको यो पहिलो मनोनयन हो । ‘तीन जना अध्यक्षले सहमतिका आधारमा सचिवालय प्रमुख र कोषाध्यक्ष पदमा मनोनयन गरेका हुन्,’ उनले भने ।

राप्रपा (संयुक्त) र राप्रपाबीचको एकता घोषणा सभा फागुन २८ गते सम्पन्न भएको थियो । एकताको सहमति पत्रमा राप्रपा (संयुक्त) का दुई अध्यक्ष र राप्रपाका एक अध्यक्षले फागुन २४ गते हस्ताक्षर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कांग्रेसको नीति प्रतिष्ठानमा प्रशिक्षण र अनुसन्धान निर्देशक नियुक्त

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा प्रशिक्षण र अनुसन्धानतर्फ

प्रहरी प्रमुखलाई गृहमन्त्रीको निर्देशनः ठमेलमा प्रहरीमाथि हातपात गर्नेलाई कारबाहीको दायरमा ल्याउनु

  काठमाडौँ ।  गृहमन्त्री रमेश लेखकले पछिल्लो समय प्रहरी कर्मचारीमाथि भइरहेको कुटपिट र

युवा सङ्घ नेपालको महाधिवेशन वैशाखमा हुने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट राष्ट्रिय युवा सङ्घ नेपालले १० औँ