उपभोक्तालाई अत्यावश्यक बस्तु मौज्दात नराख्न आपूर्तिमन्त्रीको आग्रह



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले अत्यावश्यक बस्तुको कालोबजारी रोक्न उपभोक्ताले स्वनियमन गर्नुपर्ने बताएका छन् ।

विश्व उपभोक्ता दिवसका बारेमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा मन्त्री भट्टले अहिले सरकार पनि कालोबजारी नियन्त्रण गर्न लागिपरेको भन्दै यसमा उपभोक्ता पनि सचेत हुनुपर्ने बताए ।

कालोबजारी नियन्त्रण गर्नका लागि २४ घण्टा नै नियमन गर्ने कार्य भइरहेको उनले जानकारी दिए । उनले मुलुकमा अत्यावश्यक बस्तुको अभाव हुन नदिन जनता, सरकारी तथा गैरसरकारी निकाय, अधिकारकर्मी एक भएर लाग्नुपर्ने बताए ।

मन्त्री भट्टले अत्यावश्यक बस्तु मौज्दात नराख्न उपभोक्तालाई आग्रह गरे । उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशिलता’ नाराका साथ आइतबार विश्व उपभोक्ता दिवस मनाइएको हो । कार्यक्रममा बिभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डढेलो नियन्त्रणमा सरकार असंवेदनशील भयोः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले डढेलोले गर्ने क्षति वर्षेनि बढिरहेको

बागमती प्रदेशसभाको हिउँदे अधिवेशनको ५७ दिनमा ६ बैठक

  मनहरी ।  बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा ६  वटा मात्रै

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार