प्रतिपक्षको अवरोधपछि गण्डकी प्रदेशसभाको बैठक तेस्रो दिनपनि स्थगित



पोखरा । गण्डकी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण शुक्रबार तेस्रो दिन पनि स्थगन भएको छ । प्रदेशसभा सचिवालयसम्बन्धी विधेयकका केही बुँदामा असहमति राखेको काँग्रेसले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम सञ्चालनसम्बन्धी कार्य्विधिलाई समेत मिचिएको भन्दै प्रदेशसभा अवरुद्ध गराएको हो ।

बैठक शुरु हुनासाथ काँग्रेसका सदस्यले उठेर अवरोध गरेपछि पटकपटक सभामुख नेत्रनाथ अधिकारीले बस्न आग्रह गरे पनि नबसेपछि आगामी चैत २ गते अपराह्न १ बजेसम्मका लागि स्थगन गरेका छन् ।

काँग्रेसले प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकमा सचिवालयका सचिवको असीमित अधिकारलाई सीमित गर्नुपर्ने माग गरेको पार्टी संसदीय दलका प्रमुख सचेतक मणिभद्र शर्मा कँडेलले जानकारी दिए ।

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका सञ्चालन सम्बन्धमा कार्य्विधि मिचेर नेकपा नेतृत्वको सरकारले आफ्ना सांसदको इच्छानुसार गर्न लागेको जनाउँदै उहाँले आफूहरूले त्यसको विरोध गरेको बताए । आफूहरूका माग सम्बोधन नहुँदासम्म काँग्रेसले प्रदेशसभा अवरोध जारी राख्ने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बुटवललाई आममानिसको रोजाइको सहर बनाउन लागि परेका छौँः मेयर पाण्डेय(अन्तरवार्ता)

बुटवल । स्थानीय जनप्रतिनिधिले कार्यभार सम्हालेको साढे दुई वर्ष पूरा भएको छ ।

अध्यादेशका विषयमा छलफल गर्न प्रधानमन्त्री निवासमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक

  काठमाडौँ । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ

अध्यादेश पारित गर्ने अन्य विकल्प पनि छन्ः महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सरकारले ल्याएका अध्यादेश कसैले विरोध गर्दैमा