राष्ट्रियसभामा काँग्रेस संसदीय दलको नेतामा अधिकारी मनोनयन
काठमाडौं । नेपाली काँग्रेसले राष्ट्रियसभामा पार्टीको संसदीय दलको नेतामा राधेश्याम अधिकारीलाई मनोनयन गरेको छ । पार्टीका सभापति एवं काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले रिक्त रहेको उक्त पदमा मंगलबार राष्ट्रियसभाका सदस्य अधिकारीलाई मनोनयन गरेका हुन् ।
सभापति देउवाले पार्टीको संसदीय दलको विधान बमोजिम अधिकारीलाई मनोनयन गर्नुभएको सभापति देउवाका निजी सचिव केशवराज जोशीले जानकारी दिए ।