प्रधानमन्त्री बन्न नेपालका धेरै महिला योग्यः मन्त्री अर्याल



काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्यमा अर्यालले नेपालका महिलाहरु देशको नेतृत्व गर्न सक्षम रहेकोले प्रधानमन्त्री बन्नपनि धेरै महिला योग्य र सक्षम रहेको स्पष्ट पारेकी छिन् । ११०औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आइतबार आयोजित साक्षात्कारमा मन्त्री अर्यालले यस्तो बताएकी हुन् ।

विश्वव्यापी महिला आन्दोलनको प्रभाव नेपालमा पनि परेको दिनदेखि आजसम्म नेपालमा पनि थुप्रै महिला अधिकारी प्राप्ति र अधिकारको लागि संघर्ष तथा आन्दोलन भएका ईतिहास सुनाउँदै उनले प्राप्त अधिकारको रक्षा गर्दै र पाएको अवसरलाई सही सदुपयोग गर्दै अघि बढ्नुपर्ने आजको आवश्यकता भएको बताइन् ।

उनले महिला आन्दोलन र संघर्षका कारण अहिले महिलाले संविधानमा अवसर पारेकोपनि स्पष्ट पारिन् । उनले भनिन्,‘हिजोको दिनमा भएका महिला आन्दोलन र संघर्ष अधिकार प्राप्तिको लागि मात्रै थिएनन् । त्यही बलमा शासन व्यवस्था परिवर्तनमा समेत महिला आन्दोलनले अहम भूमिका खेलेको छ ।’ बहुदल आउनुभन्दा अघि नेपालमा महिला आन्दोलन र अधिकार प्राप्तिको लडाई बेग्लाबेग्लै रुपमा भएपनि बहुदल आएपछि भने उक्त आन्दोलनले एकरुपता पाएको उनले सुनाईन् ।

उनले विगतको ईतिहासलाई सम्मान गर्दै आगामी दिनमा फरक ढंगले अघि बढ्नुपर्ने धारणा राखिन् । ‘संविधानमै ३३ प्रतिशत महिलाहरुको हरेक निकायमा सुनिश्चितताको व्यवस्था भैसकेको छ’–उनले भनिन्,‘समानताको ढोका खोलिएको छ ।’ हरेक क्षेत्रमा रहेका महिलाहरुले आफ्नो वृद्धिविकास र क्षमताको विकास भएको कुरा व्यवहारमै सावित भैसकेको पनि उनको दाबी छ ।

उनले भनिन्,‘जो जो महिलाहरुले अहिलेम्म महत्वपूर्ण जिम्मेवारी प्राप्त गर्नुभएको छ, उहाँहरुले बढो कुशलतापूर्वक निर्वाह गर्नुभएको छ । अब महिलाहरुलाई आर्थिक उत्पादनसँग जोड्नुपर्छ ।’ नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले संविधानले समानुपातिक समावेसिताको सुनिश्चितता गरेको भएपनि सरकारमा महिला सहभागिता नहुनुले अझैपनि महिलाहरुलाई चुनौति रहेको बताइन् ।

राष्ट्रिय सभाकी सदस्य सांसद कोमल ओलीले महिलाको कुरा महिलाले मात्र उठाएर समाधान नहुने बताए । उनले अवसर पाएका महिलाले अरु महिलाका लागि प्रयास नगरेसम्म महिला अधिकारका कुरा गर्नु व्यर्थ हुने बताइन् ।

सांसद चन्दा चौधरीले विभिन्न पार्टी भित्र रहेका महिलाहरु महिलाको विषयमा पार्टीको ह्विप भन्दा माथि उठेर काम गर्न नसक्दा सम्म महिला अधिकारको सुनिस्चितता नहुने बताइन् । नायिका रेखा थापाले सदनका महिलादेखि सडकका महिलाहरु ताली पड्काउन र दर्शकको रुपमा मात्र काम गरेकाले महिलाहरु सँधै पछाडि परेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री

हेटौँडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्झौताअनुरूप गुणस्तरको काम नहुँदा राज्यमाथि अतिरिक्त दायित्व

कांग्रेसको सहकारी र आदिवासी विभागमा दश/दश सदस्य मनोनित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी र आदिवासी जनजाति विभागमा सदस्यहरू

महिला सशक्तीकरणको मुख्य आधार आर्थिक सवलीकरण होः प्रधानमन्त्री

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख आधार आर्थिक

चीनको नजिकको छिमेकी नेपालले पनि जिडिआइको सफलताबाट उल्लेखनीय लाभ उठाउन सक्छः उपाध्यक्ष पौडेल

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले चीनले अघि सारेको वैश्विक विकास प्रयास