कोरोनाको कहरः राप्रपा संयुक्तको महिला विभागद्वारा प्रशिक्षण कार्यक्रम स्थगित
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) सम्वद्ध महिला विभागले प्रशिक्षणको कार्यक्रम स्थगन गरेको छ ।
कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै केन्द्रीय प्रशिक्षण कार्यक्रम अर्को सूचना नआएसम्मलाई स्थगन गरेको महिला विभागले जनाएको छ ।
विश्वव्यापी समस्याको रुपमा खडा भएको कोरोना भाइरस संक्रमण दृष्टिगत गर्दै पूर्वनिर्धारित संगठन बिस्तारको कार्यक्रम स्थगित गरिएको व्यहोरा महिला विभाग प्रमुख विजयकला राईद्वारा बिहीबार जारी विज्ञप्तीमा जनाइएको छ ।
अन्तर्राष्ट्रिय नारी दिवसलाई मध्यनजर गर्दै महिला विभागले ‘सशक्तिकरण’ विषयक केन्द्रीय प्रशिक्षण कार्यक्रम फागुन २५ र २६ गते तय गरेको थियो ।
राईले जारी गरेको विज्ञप्तीमा, नारी दिवसको अवसरमा देश विदेशमा रहने सम्पूर्ण महिलाहरुलाई शुभकामना पनि दिइएको छ ।