चीनमा भ्रमणमा रहेका रास्वपा सांसदहरुको संवादः ‘देउवाको हातमा कांग्रेस जानुपर्छ, ओली डबल चर्को बोल्नुपर्छ’


काठमाडौँ । चीन भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूबीच नेपाली कांग्रेसको नेतृत्व विवाद र एमालेका नेताहरूको राजनीतिक गतिविधिबारे अनौपचारिक कुराकानी भएको भिडियो सार्वजनिक भएको छ ।  

भिडियोमा एक पुरुष सांसदले कांग्रेस नेतृत्वको प्रसंग उठाउँदै शेरबहादुर देउवा पक्षलाई लक्षित टिप्पणी गरेको सुनिन्छ। एक सांसदले भनेका छन्, ‘शेरबहादुर देउवाको हातमा कांग्रेस जानुपर्छ ।’

त्यसपछि महिला सांसदले अदालतको फैसला, कांग्रेसको नेतृत्व र केपी शर्मा ओली तथा महेश बस्नेतको राजनीतिक गतिविधिबारे टिप्पणी गरेको सुनिन्छ।

सुन्नुहोस् अडियो

उनले भनेकी छन्, ‘अदालतले पनि फैसला गरेर शेरबहादुर देउवाकोमा मान्यता जानुपर्छ स्थानीय चुनावसम्म। र, ओलीलाई पनि रोक्नुहुन्न।’
संवादका क्रममा केही सांसदले केपी ओली र महेश बस्नेत थप आक्रामक रूपमा प्रस्तुत हुने अनुमान गर्दै उनीहरू राजनीतिक रूपमा बाहिरिने टिप्पणी गरेका छन्। एक सांसदले त्यस्तो परिस्थितिको राजनीतिक लाभ रास्वपाले लिन सक्ने बताएका छन्। उनीहरुल संवादका क्रममा भनेका छन्, ‘किनभने डबल चर्को भएर निस्कनुपर्छ ओली र महेश बस्नेत।’

त्यस्तै एक सांसदले भने अरू दलको कमजोरीबाट मात्रै लाभ लिन पर्याप्त नहुने भन्दै रास्वपाले पनि काम गर्नुपर्ने बताएका छन्।