चीन भ्रमणमा जानुअघि रास्वपाका सांसदको टोलीले लियो सभापति रवि लामिछानेसँग सुझाव


काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा चीन भ्रमणमा जान लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुको टोलीले पार्टी सभापति रवि लामिछानेसँग छलफल गरेको छ ।

रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा जाने टोलीले शनिबार सभापति लामिछानेको निवासमा भेट गरी भ्रमणका विषयमा छलफल तथा परामर्श गरेको हो ।

रास्वपाका अनुसार २० जना सांसदको टोली आइतबारदेखि चीन भ्रमणमा जाने कार्यक्रम छ । भ्रमणअघि टोलीले पार्टी सभापतिसँग आवश्यक सल्लाह तथा सुझाव लिएको हो ।

यसअघि शुक्रबार प्रधानमन्त्री बालेन साहले चीन भ्रमणमा जान लागेका पार्टीका सांसदहरूसँग छलफल गरेका थिए ।