काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजलाई १० रनले पराजित गर्दै काठमाडौँ गोर्खाज अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ ।
सोमबार त्रिवि क्रिकेट मैदानमा काठमाडौँले दिएको १८१ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७० रन मात्र बनाउन सक्यो ।
चितवनका रवि बोपाराले सर्वाधिक ५५ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । त्यसअघि पहिले ब्याटिङ गरेको काठमाडौँले ८ विकेट गुमाएर १८० रन बनाएको थियो । यो जितसँगै पाँच खेलबाट आठ अंक जोडेको काठमाडौँ शीर्ष स्थानमा पुगेको छ ।

प्रतिक्रिया