काठमाडौँ । प्रधानमन्त्री बालेन साहले पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभिर खण्ड यही महिनाभित्रै सञ्चालनमा ल्याइने बताएका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले मुगलिङ–नौबिसे खण्डमा पर्ने पृथ्वीराजमार्गको कृष्णभिरमा पहिरोका कारण अवरुद्ध भएको सो सडक यही महिनाभित्र सञ्चालनमा ल्याउने जानकारी दिएका हुन् ।
प्रधानमन्त्रीले पहिरो पञ्छाएर र सडक पुनर्निर्माण गरेर यही महिनाभित्रै सञ्चालनमा ल्याइने जानकारी दिए ।
उनले आज संसदलाई भोटेकोसीहुँदै त्रिशूली नदीमा गएको बाढी र त्यसबाट रसुवा, नुवाकोट र धादिङमा भएको अकल्पनीय क्षतिका बारेमा पनि जानकारी गराएका थिए ।

प्रतिक्रिया