संकटमा शेर देखिएकाहरूको रंग खुइलियोः गोकुल बास्कोटा


काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले सुरुङमा फसेका नागरिकको उद्धारमा सरकारको भूमिकाप्रति प्रश्न उठाएका छन्।

सामाजिक संजालमार्फत बास्कोटाले उद्धारको जिम्मेवारीबाट सरकार पन्छिन खोजेको आरोप लगाउँदै स्थानीय तहलाई दोषी देखाउने र कानुनको अभावलाई कारण बनाएर ‘स्टन्ट’ गर्न थालेको टिप्पणी गरेका हुन्।

उनले भनेका छन्, ‘सुरुङमा फसेका नागरिकको उद्धारमा हात उठाएको सरकार स्थानीय तहलाई दोषी करार गर्न र कानुन अभावको स्टन्ट गर्न थाल्नु दुर्भाग्य हो ।’

उनले संकटका बेला सरकारको वास्तविक क्षमता र कार्यशैली उजागर हुने भन्दै व्यंग्यात्मक शैलीमा भनेका छन्, ‘सुरुङमा फसेका नगरिकको उद्दारमा हात उठाएको सरकार स्थानीय तहलाई दोषी करार गर्न र कानुन अभावको स्टन्ट गर्न थाल्नु दुर्भाग्य हो । रंग पोतेर शेर देखिएकाहरुको रंग संकटमा खुइलियो । ठाडो घाँटी लगाएर जे जति मन लाग्छ,सराप । आखिर मष्तिष्क भएको मान्छे बोल्ने हैन, सत्रसय धेरै मसिन मानव बोल्ने हो।’