रसुवामा जलविद्युत् आयोजनाको सुरुङभित्रबाट यसरी हुँदैछ कामदारको उद्धार(भिडियो)


काठमाडौं । रसुवास्थित जलविद्युत् आयोजनाको सुरुङभित्र बाढीका कारण फसेका मानिसहरूको उद्धार कार्य नेपाली सेनाले तीव्र पारेको छ।

नेपाली सेनाको उद्धार टोलीले जटिल भूगोल र जोखिमपूर्ण अवस्थाका बीच आज बिहानैदेखि सुरुङभित्र खोजी तथा उद्धार अभियान सञ्चालन गरिरहेको छ। हालसम्म सेनाले टनेलभित्रबाट दुई जनालाई सकुशल उद्धार गरेको छ।

सुरुङभित्र अझै कति जना फसेका छन् भन्ने यकिन हुन सकेको छैन। सेनाले फसेका अन्य व्यक्तिको खोजी तथा उद्धारका लागि अभियान जारी राखेको जनाएको छ।

जोखिमपूर्ण अवस्थामा पनि सेनाले प्राविधिक उपकरण तथा विशेष तालिमप्राप्त टोली परिचालन गरी सुरुङभित्र खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ ।