काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न भन्दै पूर्वसभापति शेरबहादुर देउवा र पूर्वउपसभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराएका छन् ।
यसअघि दर्ता भएको निवेदन मंगलबार दर्ता भएको हो । सर्वोच्चले निवेदनको पेसी बिहीबारका लागि तोकेको छ । सर्वोच्च अदालतले कांग्रेसको विशेष महाधिवेशनको विवादमा पुनरावलोकनका लागि निस्सा दिएपछि कांग्रेसको विवाद सर्वोच्चमा विचाराधीन छ । पुनरावलोकनको मुद्दाको टुंगो नलाग्दासम्म १५ औँ महाधिवेशन रोक्नुपर्ने माग देउवा समूहको छ ।

प्रतिक्रिया