काठमाडौं । राप्रपा छाडेर जय नेपाल पार्टी गठन गरेका धवलशम्शेर राणाले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन् ।
‘हिमानी ट्रस्ट’को कार्यक्रमपछि पार्टी सभापति राणाले पूर्वराजा शाहसँग भेटवार्ता गरेका हुन् । भेटवार्ताको तस्बिर राणाले आइतबार बिहान सामाजिक संजालमार्फत सार्वजनिक गरेका हुन् राणाले भेटलाई फलदायी रहेको बताएका छन्।
उनले सामाजिक सञ्जालमार्फत ‘हिमानी ट्रस्ट’को कार्यक्रमपछि पूर्वराजासँग फलदायी भेट भएको जानकारी दिएका हुन् । जय नेपाल पार्टीले संवैधानिक राजसंस्था र हिन्दू अधिराज्यका पक्षमा देशव्यापी हस्ताक्षर अभियान सञ्चालन गर्ने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया