स्थानीय तह निर्वाचनको तयारी तथा पार्टीको संगठन सुदृढीकरणबारे निर्णय गर्न रास्वपाको केन्द्रीय समिति बैठक बस्दै


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ। पार्टी कार्यालयमा बिहान ११ बजे बस्नेगरी बैठक बोलाइएको हो ।  

बैठकले आगामी स्थानीय तह निर्वाचनको तयारी तथा पार्टीको संगठन सुदृढीकरणबारे महत्वपूर्ण निर्णय गर्ने भएको छ । बैठकले स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोटसम्बन्धी रूपरेखा अनुमोदन गर्नुका साथै केन्द्रीय उम्मेदवार छनोट समिति गठन गर्ने तयारी गरेको छ।

उम्मेदवार छनोटको प्रक्रिया र विधिबारे कार्यकर्तालाई जानकारी गराउन देशव्यापी प्रशिक्षण तथा अभिमुखीकरण सञ्चालन गर्ने प्रस्तावसमेत बैठकमा पेस हुँदैछ । बैठकले पार्टीका रिक्त तथा थप गर्नुपर्ने पदमा मनोनयन, सचिवालय सदस्य तथा विभागीय प्रमुखको जिम्मेवारी बाँडफाँटलगायत संगठनात्मक विषयमा निर्णय गर्ने बताइएको छ ।