हेटौँडा । बाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा नियुक्त भएका छन् । नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी(नेकपा) र राप्रपाको समर्थनमा बिहीबार थापा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नेपालको संविधानको धारा १६८ को २ अनुसारको सरकार गठनमा दाबी गरेका थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
थापालाई एमालेका २५, नेकपाका २६ र राप्रपाका १२ सांसदको समर्थन रहेको छ । थापाको नियुक्तिको सन्दर्भलाई लिएर राप्रपा भित्र विवाद भइरहेको छ । एमालेलाई समर्थन गरेको भन्दै राप्रपाले बाग्मती प्रदेशसभा संसदीय दलका नेता उद्वव थापालाई प्रदेश सांसदबाट पदमुक्त र पार्टीबाट निस्काशन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया