बाग्मती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई पार्टीबाट निस्कासन गर्ने राप्रपाको निर्णय


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले बाग्मती प्रदेशसभा संसदीय दलका नेता उद्वव थापालाई प्रदेश सांसदबाट पदमुक्त र पार्टीबाट निस्काशन गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकले थापालाई पार्टीबाट निस्काशन गर्ने निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिए । एमाले नेतृत्वको सरकार बनाउन सघाएपछि थापालाई राप्रपाले कारबाही गरेको हो ।