रास्वपा सांसदलाई गृहमन्त्री गुरुङको आग्रहः घर झगडा संसदमा नपुर्याऔँ


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीका सांसदहरुलाई संयमित भएर संसदमा प्रस्तुत हुन निर्देशन दिएका छन् ।

बुधबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा सभापति लामिछानेले सांसदहरुलाई आवेगमा नआई संयमितरुपमा प्रस्तुत हुन निर्देशन दिएका हुन् ।

सांसदहरुले सरकारका मन्त्रीप्रति असन्तुष्टि जनाउँदै सदनमा आक्रोश व्यक्त गर्न थालेपछि सभापति लामिछानेले मन्त्रीहरुसमेतलाई बोलाएर छलफल गरेका हुन् ।

त्यस्तै बैठकमा गृहमन्त्री सुदन गुरुङले पार्टीभित्रको असन्तुष्टि सदनमा नलौजान आग्रह गरेका छन् । पार्टीभित्रका असन्तुष्टि संसदमा पुर्याउँदा विपक्षी दलहरू बलियो हुने भन्दै उनले यस्तो बताएका हुन् । बैठकमा गृहमन्त्रीले घर झगडा घरमै मिलाउनुपर्नेमा जोड दिएका थिए ।

सांसदहरुले सरकारका मन्त्रीप्रति असन्तुष्टि जनाउँदै सदनमा आक्रोश व्यक्त गर्न थालेपछि सभापति लामिछानेले बैठक बोलाएका हुन् । परराष्ट्रमन्त्री शिशिर खनालको जवाफप्रति चित्त नबुझेको भन्दै मंगलबार सांसद आशिका तामाङ बैठक छाडेर निस्किएकी थिइन् । त्यस्तै रास्वपाकै अन्य सांसदले पनि मन्त्रीको आलोचना गर्दै आएका छन् ।