काठमाडौं । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न परमादेश जारी गरेको छ । सोमबार न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले उनलाई रिहा गर्न आदेश दिएको हो ।
उनकी पत्नी सरस्वती श्रेष्ठले सर्वोच्चमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै रिहा गर्न परमादेश जारी गरिएको हो । सञ्चारमाध्यममा प्रकाशित समाचार र तस्बिरको विषयमा उजुरी परेको भन्दै प्रहरीले श्रेष्ठलाई २७ साउन राति निवासबाटै पक्राउ गरेको थियो ।






प्रतिक्रिया