काठमाडौं उपत्यकाका यी ७ स्थानबाट आइतबार हुँदैछ ग्यास बिक्री


काठमाडौँ । नेपाल आयल निगमले आइतबार काठमाडौं उपत्यकाका विभिन्न ७ स्थानबाट खाना पकाउने एलपी ग्यास बिक्री गर्ने भएको छ ।

निगमका अनुसार अत्यावश्यक अवस्थामा रहेका उपभोक्तालाई लक्षित गरी ग्यास बिक्रीको व्यवस्था मिलाइएको हो ।

निगमले टेकुस्थित नेपाल आयल निगमको कार्यालय परिसर, पशु सेवा शाखा चपली, राधास्वामी कीर्तिपुर, तारकेश्वर नगरपालिका परिसर, नयाँबजारस्थित जुडो हल परिसर, चन्द्रागिरी नगरपालिका कार्यालय र राष्ट्रिय क्षयरोग केन्द्र, ठिमीबाट ग्यास बिक्री हुने जनाएको छ ।