काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले एमाले, कांग्रेस र माओवादी)को अकर्मण्यता र तिनका प्रमुख नेताहरूको अयोग्यतालाई नै आफÞनो उत्थानको प्रमुख आधार मानेर रास्वपा पार्टी जन्माइएको बताएका छन् ।
सामाजिक संजालमार्फत भट्टराईले तर रवि, बालेन र रास्वपाले पार्टी निर्माणका लागि आवश्यक पर्ने विचार, सिद्धान्त, नीति, वर्ग र सामाजिक आधार निश्चित गर्नति ध्यान नदिंदा शिखरबाट ओरालो यात्रा शुरू भएको उल्लेख गरेका हुन् ।
उनले भनेका छन्, ‘पुराना पार्टी ( एमाले, कांग्रेस र माओवादी) को अकर्मण्यता र तिनका प्रमुख नेताहरूको अयोग्यतालाई नै आफ्नो उत्थानको प्रमुख आधार मानेर रास्वपा पार्टी जन्माइयो । रवि, बालेनालाई नेता बनाइयो । तत्काल ठूलै सफलता पनि मिल्यो । तर रवि, बालेन र रास्वपाले पार्टी निर्माणका लागि आवश्यक पर्ने विचार, सिद्धान्त, नीति, वर्ग र सामाजिक आधार निश्चित गर्नतिर ध्यान नदिंदा शिखरबाट ओरालो यात्रा शुरू भएको छ । अरुको परीक्षा लिएर रमाइरहेकाहरू आफनै परीक्षामा तोरीको फूल देखिरहेका छन् । बाहिर र भित्रका विरोधीमाथिको बदला र प्रतिशोध नेतृत्वमा टिक्ने र शासनलाई लम्ब्याउने आधार न हिजोकालाई काम लाग्यो न आजकालाई काम लाग्ने छ ।’
उनले पुराना दलका प्रमुख नेताहरु फेरि त्यही गल्तीमा लागेको बताएका छन् । उनले भनेका छन्, ‘अर्कोतिर पुराना दलका प्रमुख नेताहरू फेरि त्यही गल्ती दोहोर्याउँंदैछन् । रास्वपाको ओरालो यात्रा र रवि र बालेनको अयोग्यतालाई आफनो नेतृत्वको सांदर्भिकता र पुनरोदयको आधार ठानेर आत्मरतीमा मस्त छन् । विगतका कमजोरीको समीक्षा नगर्ने, भत्किँदै गएको वर्ग र सामाजिक आधारको पूनःनिर्माण तिर ध्यान नदिने, नेतृत्वको अयोग्यतालाई ढाकछोप गर्न लगाउने, नीति, विचार र संगठनको पुनर्गठनका बारेमा छलफल गर्न तयार नहुने, यावत समस्या र कमजोरीलाई कार्पेटमुनी छोपछाप गरेर उही जयजयकारको भिडभाडलाई लोकप्रियताको आधार र शक्तिको श्रोत ठान्ने होभने त्यो महाभूल हुनेछ ।’

प्रतिक्रिया